Alliancekhabar

बिहिबार, मंसिर ०६, २०८१

तानसेन, मङ्सिर ६ गते  : पाल्पामा पछिल्ला वर्षमा श्रीमान्/श्रीमतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ । पारिवारिक बेमेलका कारण जिल्ला अदालत पाल्पामा सम्बन्धविच्छेदका मुद्दा हरेक वर्ष बढ्दै गएका छन् ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगारी, स्वतन्त्र हुने चाहनाका कारण सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको हो । पछिल्ला वर्षमा जिल्ला अदालतमा अन्य मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्धविच्छेदको रहेको अदालतले जनाएको छ ।

गत आवमा कुल एक हजार ३२ वटा मुद्दा दर्ता भएकामा ५२४ वटा मुद्दा सम्बन्धविच्छेदका रहेको अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका ५२४ मुद्दामध्ये ४५५ वटा मुद्दा फस्र्योट गरिएको र बाँकी ६९ वटा मुद्दाको टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

अदालतका अनुसार आव २०७९/८० मा कुल एक हजार १७ वटा मुद्दा दर्ता भएकामा ४४३ मुद्दा सम्बन्धविच्छेदका मात्र थिए । हरेक वर्ष मुद्दाको सङ्ख्या बढ्दै जाँदा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको स्रेस्तेदार पराजुलीको भनाइ छ । पछिल्लो समय फेसबुक, ट्विटर, रिल, टिकटकको प्रयोगले पारिवारिक बेमेल बढेको उहाँको भनाइ छ । केही वर्षअघिसम्म सम्पत्ति र पारिवारिक हिंसा सम्बन्धविच्छेदको प्रमुख कारण मानिन्थ्यो । अहिले स्वतन्त्र हुने चाहनाले सम्बन्धविच्छेदका घटना बढेको कानुन व्यवसायी बताउँछन् । पछिल्लो वर्ष सानो कुरामा बेमेल भए स्वतन्त्र बस्ने चाहनाले सम्बन्धविच्छेद गर्ने परिपाटी बढेको कानुन व्यवसायी शालिकराम घिमिरेले बताउनुभयो ।

सामाजिक सञ्जाल र वैदेशिक रोजगारीले पनि परिवारमा सम्बन्ध बिगारेको अवस्था रहेको छ । श्रीमान् विदेशमा बस्ने श्रीमतीले सामाजिक सञ्जालबाटै परपुरुषसँग प्रेमसम्बन्ध गाँसेर विवाह गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।

अभिभावकविहीन बन्दै बालबालिका

यसैबिच सम्बन्धविच्छेदका कारण बालबालिका अभिभावकविहीन बनेका छन् । श्रीमान्÷श्रीमतीबिच सम्बन्धविच्छेद भएपछि छोराछोरी समस्यामा परेका छन् । कतिपय बालबालिका अभिभावकको संरक्षण नपाएर आधारभूत आवश्यकताबाट वञ्चित हुनु परेको छ । “श्रीमान्/श्रीमती नमिले सम्बन्धविच्छेद गर्छन् र अर्कासँग पुनः विवाह बन्धनमा बाँधिन्छन् तर छोराछोरी अभिभावकविहीन हुन्छन्, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले भन्नुभयो ।” श्रीमान्/श्रीमतीलाई व्यक्तिगत स्वतन्त्रता भनेर सम्बन्धविच्छेद गर्न दिँदा बालबालिकाको भविष्य हेर्नुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ