alliance khabar

बुधबार, मंसिर ०५, २०८१

बागलुङ, मङ्सिर ५ गते। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ।  उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो। अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।

मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ गर्नुभएको थियो। उहाँले आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, डायलासिस सेवाकक्षलगायतको अवलोकन गर्नुभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो।

५० श्ययाको अनुमति रहेको अस्पतालको स्तवृद्धि गरी एक सय श्यया बनाउन सहजीकरण गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेशअन्तर्गतको अस्पतालको रुपमा रहेको यस अस्पताललाई तत्काल अस्थायी चिकित्सक राखेर भए पनि एक सय श्ययामा स्तरवृद्धिका लागि अनुमति दिने बताउनुभयो।

“अस्पतालले क्षमताभन्दा बढी सेवा दिएको छ, स्तरवृद्धि भएको छैन प्रदेशले दुई सय श्ययामा स्तरवृद्धि गर्ने योजना बनाएको रहेछ, तत्कालै एक सय श्ययामा स्तरवृद्धि गर्दा सेवा प्रदानमा सहज हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालप्रति जनताको भरोसा धेरै रहेको पाएँ, बिरामीको चाप समेत धेरै रहेछ, उपकरण र चिकित्सक थप गर्न सङ्घ सरकारले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्छ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ