Alliancekhabar

मंगलबार, कार्तिक १३, २०८१

खोटाङ, कात्तिक १३ गते : सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुन्डिएर नदी वारपार गर्न बाध्य भएका छन् । गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिक ज्यानको बाजी राखेर नदी वारपार गर्नु परेको हो ।

सुनकोशीमा आएको बाढीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा र उदयपुरको ताप्ली गाउँपालिका–५, रूपटारको निबुवाटार जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । हालसम्म पुल मर्मतमा कुनै पनि निकायले ध्यान नदिँदा स्थानीयवासी पुलमा झुन्डिएर नदी वारपार गर्न बाध्य बनेका हुन् । डिकुवा–निबुवाटार जोड्ने पुलको दायाँबायाँको सपोर्ट लट्ठा चुँडिनुका साथै खोटाङतर्फको टावर ढल्किँदा पुल कोल्टिएको छ तर कतिपय स्थानीय जोखिम मोलेर कोल्टिएको पुलबाट झुन्डिएर आवतजावत गरिरहेको डिकुवा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताउनुभयो ।

बाढीले डिकुवा–निबुवाटारसहित डिकुवा चारबोटे र उदयपुरको कटारी नगरपालिका–१०, सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल बगाएको थियो । डिकुवाको चारबोटे र सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल आवतजावत गर्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ । नजिकको दुई झोलुङ्गे पुल बाढीले बगाएपछि डिकुवाका स्थानीयले विकल्पमा बाइटार र उदयपुरको कटारी नगरपालिका–१०, सोरुङछबिसेको चिपटार तथा डिकुवा र उदयपुरको रूपटार जोड्ने राजदह पुल प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ तर सुनकोशी बाढीले बाँकी राखेको पुल पुग्न करिब दुई घण्टा घुम्नुपर्ने भएपछि कतिपय स्थानीयले जोखिम मोलेर क्षतिग्रस्त पुलकै प्रयोग गरिरहेको प्रअ राईले बताउनुभयो । तारजालीविहीन क्षतिग्रस्त पुलबाट वारपार गर्ने व्रmममा स्थानीय नदीमा खस्ने त्रास जोखिम बढेको छ ।

डिकुवाको चारबोटे र सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल भत्किएपछि सोरुङछबिसेस्थित बेँसीगाउँका विद्यार्थी डिकुवाको डिकुवा आधारभूत विद्यालय जान सकेका छैनन् । सोरुङछबिसेबाट सुनकोशी पुल तरेर दैनिक १६ जना विद्यार्थी डिकुवा आधारभूत विद्यालयमा जानेआउने गरेका थिए तर आवतजावत गर्न नमिल्ने गरी झोलुङ्गे पुल क्षतिग्रस्त बनेर झुन्डिएपछि विद्यार्थी पढ्नबाट वञ्चित भएको प्रअ राईले बताउनुभयो ।

कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा सोरुङछबिसेबाट बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी आउने गरेका छन् । सो विद्यालयमा ७८ जना विद्यार्थी अध्ययनरत छन् ।

यस्तै डिकुवा र निबुवाटार जोड्ने झोलुङ्गे पुल बगेपछि डिकुवाका विद्यार्थीको स्कुल जाने बाटो बन्द भएको छ । डिकुवाका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ११ विद्यार्थी दैनिक पुल तरेर रूपटारको महेन्द्र माविमा जानेआउने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल