alliance khabar

बिहिबार, भाद्र ०७, २०८०

बिर्तामोड, भदौ ७ गते

झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते हुनुभएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक   खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।

श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते हुनु भएको थियो ।  घाइतेमध्ये  श्रीमान् अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख  रिजालले बताउनुभयो ।

घाइते श्रीमतीलाई  ममतालाई भने  स्थानीय शङ्कर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उहाँको  स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।  घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको  छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल