alliance khabar

बुधबार, आश्विन ३०, २०८१

म्याग्दी (बेनी), असोज ३० गते ।

नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै धिमे बाजाको संस्कृति पनि भित्रिएको थियो । दसैँका अवसरमा युवाहरूले बजारमा पहिलो पटक धिमे बाजा प्रदर्शन गरेका छन् ।

बेनीमा धिमे बाजा पाका पुस्ताबाट नयाँ पुस्तामा पुस्तान्तरण भएको छ । नेवार युवाहरूको संस्था ल्याम्हपुचःको अगुवाइमा धिमे बाजा पुस्तान्तरणका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ल्याम्हपुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा प्रचलित धिमे बाजालाई संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न पाका पुस्ताले युवालाई सहयोग गरेको उहाँले बताउनुभयो ।

.फूलपातीका अवसरमा बेनीमा बर्सौंपछि धिमे बाजा प्रदर्शन गरिएको थियो । नेवारी पोसाकमा सजिएका युवकयुवती धिमे बाजामा नाचेका थिए । आठ जनाको समूहले मादल र झ्याली बजाएका थिए भने नेवारी पोसाकमा सजिएका युवतीहरू नाचेका थिए । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदायका युवाहरू धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा जुटेको ल्याम्हपुचःका अध्यक्ष श्रेष्ठले बताउनुभयो । धिमे बाजालाई लोप हुन नदिन युवकयुवतीलाई एक महिनाको तालिम तथा प्रशिक्षणको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल