Alliancekhabar

सोमबार, आश्विन २१, २०८१

सुर्खेत, असोज २१ गते : भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युत्विहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार आगामी डेढ वर्ष बिजुली पुग्न नसकेका पालिकामा बिजुली पु¥याइसक्ने र त्यसपछि कर्णाली पूर्ण विद्युतीकरण प्रदेश बनाउने गरी काम भइरहेको छ । विद्युत् पुग्न नसकेको डोल्पाको डोल्पोबुद्ध, से फोक्सुन्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्काताङसोक गाउँपालिका, हुम्लाको सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ, सोरू र खत्याड गाउँपालिका रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक शम्भु कुसियत यादवले कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये १३ वटा पालिका अझै पनि बिजुलीविहीन भएको बताउनुभयो । केही अन्य पालिकामा विद्युत् प्रसारण लाइन पुगिसकेको जानकारी दिँदै उहाँले लाइन पुगेको पालिकामा विद्युत् दिने तयारी भइरहेको बताउनुभयो । उहाँले अबको डेढ वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरण बनाउने तयारी पनि भइरहेको दाबी पनि गर्नुभयो ।

उहाँका अनुसार ठेक्का खोलेर सामान पु¥याउने काम भइरहेको र सामान पुगेका स्थानमा जडानको काम पनि भइरहेकाले अबको डेढ वर्षभित्र कर्णालीका सबै पालिकामा विद्युत् पुग्ने छ । एसियन इन्फ्रास्ट्रक्चर बैङ्क (एआईबी) बाट करिब १२ अर्ब रुपियाँको ठेक्का लगाइएको बताउनुभयो ।

विद्युत् नपुगेका स्थानमा लघुजलविद्युत र सौर्य ऊर्जाबाट उज्यालो उपभोग गर्ने काम भइरहेको छ । कर्णालीमा विद्युतीकरण गर्न निकै चुनौती रहेको प्राधिकरणले जनाएको छ । कठिन भूगोल, सामानको ढुवानी महँगो, सामान तथा उपकरण पु¥याउने सकस, सडक पुग्न नसकेको अवस्था, जनशक्तिको कमी, तराईबाट कामदार लिनुपर्ने जस्ता विविध चुनौती भोग्नु परेको उहाँको भनाइ छ । यसका साथै कर्णालीमा वर्ष दिनमा चार/पाँच महिना मात्र काम गर्ने अवस्था रहने भएकाले सोचे जति काम गर्न नसकिएको यादवले बताउनुभयो । बर्सातमा पानी र हिउँदमा हिउँले गर्दा काम गर्न कठिन हुने उहाँको भनाइ छ ।

सत्तरी प्रतिशत घरधुरीमा विजुली

यसैबिच कर्णालीमा ७४ प्रतिशत विद्युतीकरण भएको छ । यहाँको तीन लाख ८० हजार घरधुरीमध्ये दुई लाख ८० हजार घरधुरीमा विद्युत् लाइन पुगेको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालयका अनुसार सबैभन्दा धेरै विद्युतीकरण रुकुमपश्चिममा भएको छ । त्यहाँ ९४ प्रतिशत घरधुरीमा विद्युत्को लाइन पुगेको छ । प्राधिकरणको विद्युत्, लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युतीकरण भएपछि यो अवस्था भएको निर्देशक यादवले बताउनुभयो । रुकुमपश्चिमपछि प्रदेश राजधानी सुर्खेतमा ८३.३४ प्रतिशत, दैलेख ७९.२९ प्रतिशत र सल्यान ७७.२२ प्रतिशत विद्युत् लाइन विस्तार भएको छ ।

यसै गरी कालीकोट ६९.६१ प्रतिशत, जुम्लामा ५६.७७ प्रतिशत, जाजरकोट ४४.७८ प्रतिशत, डोल्पामा ३९.३२ प्रतिशत, मुगु ३३.१६ प्रतिशत र सबैभन्दा कम हुम्लामा २४.७६ प्रतिशत विद्युत् लाइन विस्तार भएको छ ।

निर्देशक यादवका अनुसार विद्युत् प्राधिकरणको विद्युत्बाट दुई लाख ७९ हजार ७८ घरधुरी, लघुजलविद्युत्बाट ३५ हजार ६९८ घरधुरी र सौर्य ऊर्जाबाट दुई लाख ४४ हजार ३४४ घरधुरी गरी तीन लाख ७७ हजार १३३ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल