Alliancekhabar

सोमबार, आश्विन २१, २०८१

बुटवल, असोज २१ गते : लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी) को निकासी खोल्नुपर्ने बताउनुभएको छ । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि नदीजन्य पदार्थको निकासी खोलेर त्यसबाट आएको पैसा विकास निर्माणमा लगाउनुपर्ने बताउनुभएको हो ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतका पर्वका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले त्यसै खेर जाने ढुङ्गा, गिट्टी र बालुवा भारत निर्यात गरेमा देशैभरिबाट अर्बौं राजस्व प्राप्त हुने र त्यसबाट देशको विकास गर्न सकिने भनाइ राख्नुभएको हो ।

उहाँले सबै देशले आफूसँग जे छ त्यसैको व्यापार गर्ने भन्दै नेपालमा नदीजन्य पदार्थ भएकाले त्यसको व्यापार रोक्दा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर गरेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “त्यसै पनि नेपालका नदीनालामा भएका ढुङ्गा गिट्टी ननिकाल्दा बगेर भारतमै जाने हो । नदीनालाले बगाएर लैजाने ढुङ्गा गिट्टी निकालेर निर्यात गर्न सकियो भने राजस्व सङ्कलन गरी त्यसबाट आर्थिक लाभ लिन सकिन्छ ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले सुधार सोच बनाउनुपर्ने भनाइ राख्नुभयो । मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको महìवपूर्ण भूमिका रहेको बताउँदै निजी क्षेत्रलाई परेका समस्या समाधानका लागि आफू प्रयत्नशील रहेको पनि बताउनुभयो ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकका ऐन, नियम तथा कानुन नै उद्योगी व्यवसायीमैत्री नभएको महसुस गरिएको बताउँदै त्यसमा विशेष गरेर सङ्घीय सरकारलाई त्यसको महसुस गराउन निजी क्षेत्रले विशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।

उहाँले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि विवाद नभएको जग्गामा मङ्सिरपछि तारबार तथा वाल लगाउने काम गर्न सकिने पनि जानकारी गराउनुभयो । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कार्की र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई उद्योगी व्यवसायीमैत्री नीति अवलम्बन गरिदिन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल