Alliancekhabar

सोमबार, आश्विन २१, २०८१

काठमाडौँ, असोज २१ गते : अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोले धेरै ठुलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिनुभएको हो । बाढीपहिरोले गर्दा १७ अर्बभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । यद्यपि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

बाढीपहिरो जानुभन्दा अघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले नेपालको अर्थतन्त्रले सुधारको गति लिएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सरकारले असोज १५ गते सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार असोज ११ र १२ गतेको बाढीपहिरो र डुबानका कारण १७ अर्ब सात करोड रुपियाँ बराबरको क्षति भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मुख्य सचिव एकनारायण अर्यालले सार्वजनिक गर्नुभएको विवरण अनुसार सबैभन्दा बढी कृषिमा छ अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।

कृषिमा छ अर्ब, ऊर्जा पूर्वाधारमा चार अर्ब, खानेपानीमा तीन अर्ब ५५ करोड, सडकतर्फ दुई अर्ब ५२ करोड र सिँचाइतर्फ एक अर्ब रुपियाँको क्षति भएको छ । यस विवरणमा दूरसञ्चार क्षेत्रको क्षतिलाई आर्थिक गणना गरिएको छैन ।

विद्युत् क्षेत्र अन्तर्गत सञ्चालनमा रहेकामध्ये कुल ६६७.९३ मेगावाट जडित विद्युत् क्षमताको १६ वटा जलविद्युत् आयोजना कुल ११३९.१९ मेगावाट जडित विद्युत् क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत् आयोजना र पाँच वटा प्रमुख प्रसारण टावरमा क्षति भएको छ ।

क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रमको कार्ययोजना तत्काल तर्जुमा गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने पनि योजना छ ।

बाढीपहिरोबाट २१ जिल्ला प्रभावित भएकामध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएको जनाइएको छ । ती जिल्लामा ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा अधिकांश सञ्चालनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल