२१ भाद्र २०८३, आइतबार
  • गृह
  • खेल
  • देश
  • प्रबिधि
  • मनोरंजन
  • राजनीति
  • विचार
  • विदेश
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • श्रम
  • पालिका खबर
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

alliance khabar

बुधबार, भाद्र ०६, २०८०

काठमाडौँ, ६ भदौ

वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने र त्यसको लागि प्रतिव्यक्ति रु छ लाख ५० हजार लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक रु ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु एक लाख ५० हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज सामाखुसीबाट पक्राउ पक्राउ गरिएको हो ।

यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

निजले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसको लागि रु आठ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाइ निज पीडितबाट पटकपटक गरी जम्मा रु चार लाख २५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
१.
नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन
२.
चार प्रदेशमा भारी वर्षाको सम्भावना
३.
खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
Alliance Khabar
  • १.नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन
  • २.चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३.खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
  • ४.बाढी प्रभावितलाई प्रधानमन्त्रीको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
  • ५.धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
  • ६.भोटेकोशी बाढीपछि पालुङटारमा बिहीबार शोक बिदा
  • ७.पाकिस्तानी राजदूतद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त
  • (क)“Kusum, Her Baba and Bangladesh”
  • (ख)बेलायतका बिभिन्न शहरहरूमा सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
  • (ग)चन्द्रलाल तामाङको शब्द श्रृजनामा “लाखौं फूलहरूमा” सार्वजनिक
  • (घ)‘तिमी पनि एक्लै म पनि एक्लै’मा सुरेश र निशाको रोमान्स ( भिडियो )
  • (ङ)वि.सं. २०८० जेठ १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
  • (च)चौबिसै घण्टा श्रमिकको माझमा अध्यक्ष कुवर
  • (छ)श्रमिकको पारिश्रमिक २५,००० पुर्‍याउन ट्रेड युनियन कांग्रेसको चरणबद्ध कार्यक्रम
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ

Developed By: Websoft IT Nepal Pvt. Ltd.