वडाध्यक्षले गरे लोकसेवा परीक्षामा अमिन पास

सुर्खेत मङ्सिर ३ : सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो । सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ […]

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा, मङ्सिर २  धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा –१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गर्नुभएकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको हो । स्कुटरको ठक्करबाट गम्भीर घाइते हुनुभएकी बिकको हेटौँडा अस्पतालमा […]

तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

काठमाडौँ, मङ्सिर ३ : विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो […]

सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

काठमाडौं, मङ्सिर ३ :इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए । उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ । हड्ताल […]

क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ

बिर्तामोड, मंसिर ३ :  झापाका   सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा सञ्जय सरदार शनिवार  साँझ विराटनगबाट पक्राउ परेका छन् । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले […]

चार वर्षदेखि अस्पताल निर्माण अलपत्र ठेकेदार सम्पर्क विहीन

कुस्मा पर्वत, मङ्सिर २ :पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ । स्थानीयवासीले अस्पताल भवन निर्माणका लागि भनी ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए […]

भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

काठमाडौँ, मङ्सिर २ : सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन […]

धनगढीमा आगलागीः अस्पतालसहित सात पसलमा क्षति

अत्तरिया, मङ्सिर २ :धनगढी बजारमा भीषण आगलागी भएको छ ।  शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १  मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । सुरुमा अस्पताल नजिक दलबहादुर […]

पोल्याण्डका किसानद्वारा युक्रेन सीमाक्षेत्रमा विरोध

काठमाडौं, मङ्सिर २ : पोल्याण्डको रेजेस्जो क्षेत्रका ट्रेड युनियनका किसानहरू पोल्याण्ड–युक्रेनी सीमामा पोल्याण्ड ट्रक व्यवसायीहरूले गरेको विरोधमा सामेल भएका छन् । रुस–युक्रेन द्वन्द्वमा विदेशी प्रतिस्पर्धीहरूलाई व्यापारघाटा भएको भन्दै एक हप्ताभन्दा बढी समयदेखि पोलिस ट्रकहरूले विरोध गरिरहेका छन् । प्रदर्शनकारीहरूले युक्रेनसँगको धेरै सीमा नाकाहरू अवरुद्ध गरेका छन् । उनीहरूले प्रतिघण्टा एक ट्रक कोर्चोवा र डोरोहस्कमा क्रसिङहरूमा […]

रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण

भैरहवा, मङ्सिर २ :बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल