फिक्कल (इलाम), ३० चैतः अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य […]
काठमाडौँ, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गर्नुभयो । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश […]
चितवन, ३० चैतः कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् । कैदीबन्दीको […]
काठमाडौँ, २९ चैतः एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) […]
काठमाडौँ, २९ चैत : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताउनुभयो । यसको असर […]
हेटौँडा, २९ चैतः मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार […]
ताप्लेजुङ, २९ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको […]
घोराही (दाङ), २९ चैत: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । मिश्रित निर्वाचन प्रणलीका कारण ६÷६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो । नेपाली कांग्रेस दाङको दोस्रो […]
पाटन (ललितपुर), २९ चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दशवटा महिला समूहलाई सम्मान गरेको छ । महानगरले आज आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ । वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूह उत्कृष्ट महिला […]
काभ्रेपलाञ्चोक, २८ चैतः काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ । जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार […]