हलेसीमा पन्ध्रदिने रामनवमी मेला

खोटाङ, ४ वैशाख : प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो । यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको […]

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

सुदूरपश्चिम, ४ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । पार्टीको एजेण्डा २०८४ का […]

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

काठमाडौँ, ४ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ । शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति […]

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन

गोरखा ४ वैशाख : गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ । स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो । अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा […]

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा […]

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौँ, ४ वैशाख : चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित हुनुभएको छ । चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उहाँ सम्मानित हुनुभएको हो । महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको […]

बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु

गलेश्वर (म्याग्दी), ३ वैशाख : म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो । विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, […]

हलगोरु पाल्ने किसानलाई अनुदान

गलकोट (बागलुङ), ३ वैशाख : बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाइ दामासाहीले […]

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ३ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन […]

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

काठमाडौँ, ३ वैशाख : विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल