काठमाडौँ, साउन १२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो […]
ताप्लेजुङ, साउन १२ गते। ताप्लेजुङबाट एकतिस जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकता प्राप्त गरेका उक्त सङ्ख्यामा यहाँका नागरिकले नागरिकता त्याग गरेका हुन्। जिल्ला प्रसाशन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार नेपाली नागरिकता लिएका हालसम्म ३१ जनाले त्याग गरेका हुन्। नागरिकता ऐन २०६३ जारी भएपछि […]
हेटौँडा, साउन १२ गते। बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गर्नुभएको हो। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री […]
काठमाडौँ, साउन १२ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ। शनिबार वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वीर अस्पताल भित्रका सबै इकाइको समन्वय हुनु आवश्यक रहेको पनि बताउनुभयो। उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर […]
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजालेसाँझदेखि उत्साह बढाउनेछ । वृष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे […]
जब अमेरिकाले प्रवेश अनुमति दियो एक एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन सँघारमै आएर उभियो । मेरो साथीको भने सधैँ जसो तौलको अनुमति पाएको दुई वटा ठुला झोला थिए । यात्रामा भेटिएका यात्री कहिले गफिने हुन्थे, कहिले चुपचाप १०/१२ घण्टा मौन व्रत बस्नुपर्ने हुन्थ्यो । ठुला सहरमध्ये अस्ट्रेलिया यात्रा गरिसकेको भएर अमेरिकाका लागि पनि खासै […]
चितवन, साउन १२ गते । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको […]
काठमाडौँ – साउन १२ गते। आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ । सभामा कम्पनीको सेयर पुँजीको समुहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ संसोधन गर्ने प्रस्ताव […]
काठमाडौँ – साउन १२ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ […]
ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन […]