काठमाडौँ, असोज ७ गते । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन मङ्गलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी […]
काठमाडौँ, असोज ७ गते । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका […]
काठमाडौँ, असोज ७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ र बिक्रीदर १४१ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ दुई पैसा र बिक्रीदर १६६ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
महोत्तरी, असोज ६ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा २ को कामकाज अहिलेसम्म सुचारु हुन सकेको छैन । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मटिहानी नगरपालिका वडा २ को वडा भवनमा आगजनी गरिएको थियो । आगजनीको कारण भवनसहित त्यहाँको सम्पूर्ण कागजात तथा फर्निचरहरु समेत जलेकोले अहिलेसम्म सो वडामा कामकाज सुचारु हुन नसकेको हो। मटिहानी […]
चन्द्रपुर (रौतहट), असोज ६ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपियाँ ८८ पैसाको बजेट प्रस्तुत गरेको छ । नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम प्रस्तुत भएसँगै नवौं गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभयो । गाउँपालिकलाई धुवाँ मुक्त बनाउने, […]
काठमाडौँ, असोज ६ गते । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग […]
सुलीकोट, असोज ६ गते । उत्तरी गोरखामा केही दिन देखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे–३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्षमण गुरुङले जानकारी दिनुभयो । ‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ । दोभाननेर दुईतीन ठाउँमा पहिरिएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाले […]
सर्लाही, असोज ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहान […]
काठमाडौँ, असोज ६ गते । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह […]
वासुलिङ (बैतडी), असोज ६ गते । दशैंको नवरात्र सुरु भएसँगै बैतडीका डाँडा, पाखा र वनजङ्गल देवी–भक्तिको सुगन्धले परिपूर्ण हुन थालेका छन् । जिल्लाभरिका १६ बहिनी भगवती देवीमध्ये बैतडीमा मात्रै निङ्गलाशैनि, रणशैनी, त्रिपुरासुन्दरी, पोटलाशैनि, डिलाशैनि, कफलाशैनि, बोदलाशैनि र भागाशैनि गरी सात बहिनी दुर्गामन्दिर छन् । यतिबेला यी मन्दिरहरू रंगीन सजावट, धूपबत्तीको सुगन्ध र देवीगाथाको स्वरले उज्यालो […]