बाजुरा, १७ माघ : जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित […]
भेरीगङ्गा (सुर्खेत), १७ माघ : अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवि गर्दै आएका विभिन्न सङ्घसस्थाले कर्णाली प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा उनीहरूले सबैका लागि बृहत् यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन् । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि बृहत् यौनिकता शिक्षा आवश्यक भएको जनाउँदै […]
कञ्चनपुर, १७ माघ : उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । व्यक्ति बिरामीमात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन) हेमराज […]
काठमाडौँ, १७ माघ : गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन् । उहाँको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा […]
काठमाडौँ, १७ माघ : पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च […]
सल्लेरी (सोलुखुम्बु), १७ माघ : चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । […]
गोदावरी (कैलाली), १७ माघ : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल […]
काठमाडौँ माघ-१६ शहीद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच शहीद स्मृति प्रतिष्ठानले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले शहिदहरूको तस्बिरमा माला,पुष्प गुच्छा तथा अविर अर्पण गर्नुभएको थियो। उहाँले “शहीदहरूले अलोकतान्त्रिक व्यवस्थाको परिवर्तन तथा नागरिकहरूको अवस्थाको परिवर्तनका निमित्त आफूलाई बलिदानी गर्नुभएका र राज्यका सम्पूर्ण संयन्त्रले शहीदहरूको आत्मसम्मानमा ठेस नपुग्ने गरी […]
काठमाडौं । वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन भारतीय व्यवसायी गौतम अडानीले चासो देखाएका छन्। भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन अहमदाबाद पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महतको भेटमा भारतका अर्बपति अडानीले वैशाख १६ र १७ गते नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन् । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने रुची देखाउँदै […]
काठमाडौँ, १६ माघ : नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो । एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण […]