alliance khabar

शनिबार, बैशाख ०१, २०८१

फिक्कल (इलाम), १ वैशाख :

इलामका दुई जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास (तिलविक्रम) र रीता राराहाङ रु १०/१० हजार राशिको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट सुन्दास र ‘क्रियाशील पत्रकार महिला पुरस्कार’बाट राराहाङ पुरस्कृत हुनुभएको हो । पुरस्कृत पत्रकारलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराललगायतले दोसल्ला ओढाइ सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो ।

विसं २०६४मा स्थानीय इलामको रेडियो फिक्कलबाट पत्रकारिता सुरु गर्नुभएकी राराहाङ सुनसरीको सप्तकोशी एफएम र काठमाडौँको इन्डिजिनियस टेलिभिनजनसँग आबद्ध हुनुहुन्छ । विसं २०७५ मा स्थानीय चियाबारी एफएमबाट पत्रकारितामा क्रियाशील सुन्दास भने इलामकै रेडियो बुद्धवाणी एफएममा आबद्ध हुनुहुन्छ ।

इलामका स्व पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले स्व राईको स्मृति दिवसमा नयाँ वर्षमा पुरस्कार वितरण गर्दै आएको छ । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिका-३ सुलुबुङमा जन्मेका राईको निधनपछि २०६० सालमा महासङ्घ इलामले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ कोष खडा गरी पुरस्कार स्थापना गरेको थियो ।

त्यसैगरी २०७७ सालमा महासङ्घ इलामले ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ कोष स्थापना गरी क्रियाशील पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल