काठमाडौँ, ७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको […]
काठमाडौँ, ७ फागुन : विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उहाँले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिनुभयो । “आफँै खाऔँ आफैँ मोटाऊ […]
काठमाडौँ, ७ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२÷०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको उल्लेख गर्नुभएको छ । फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका […]
काठमाडौँ, ७ फागुन : प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्वाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो । सुखद् संयोग नै मान्नुपर्छ–आज मुलुकले प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाउँदैछ । नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न […]
काठमाडौँ, ७ फागुन : देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका […]
दमौली (तनहुँ), ७ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब […]
यही माघ १८ गतेदेखि फाल्गुन १८ गतेसम्म चाबहिलमा बृहत जुत्ता चप्पल मेला प्रदर्शनी भइरहेको छ । चाबहिल पासाङ ल्हामु शेर्पाको सालिक नजिकै जुत्ता चप्पल मेला सुरु भइरहेको मेला सञ्चालक समितिका मुख्य संयोजक दिवाकर गिरीले बताउनुभयो। उहाँले बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न ,स्वदेशमै रोजगारको सिर्जना गर्न, स्वदेशी उत्पादित सामान प्रयोगमा जोड दिन , स्वदेशी उत्पादित सामानलाई […]
काठमाडौँ, ६ फागुन : चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको)को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार)ले सो स्थानमा नाच देखाउने छन् । यसका लागि आज साँझ ती गुठियार (देवगण)लाई कीर्तिपुरस्थित जलविनायकमा स्वागत गरेर नाचस्थलमा ल्याइने जनाइएको छ […]
महेन्द्रनगर (कञ्चनपुर), ६ फागुन : कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो । उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत […]
मध्यविन्दु (नवलपरासी), ६ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी […]