बागमती, २२ चैत : कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ । ती योजनामा रु १७ […]
इलाम, २२ चैत: इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो । उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख […]
मोरङ,२२ चैत: विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले […]
पर्वत, २१ चैतः बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो […]
जनकपुरधाम, २१ चैतः आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाका सवाल सम्बोधन गर्न बजेट पैरवी अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका नीति तथा कार्यक्रममा हालसम्म उठाउँदै आएका सवाल सम्बोधन गर्न पैरवी कार्यक्रम सञ्चालन गर्न लागिएको राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चले जनाएको […]
गण्डकी, २१ चैतः पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ । अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो । हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने […]
दमौली (तनहुँ), २१ चैत: व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम […]
म्याग्दी, २१ चैतः म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । “खाम्ला–केङ्की–नाउरा हँुदै बगर जोड्ने […]
काठमाडौँ, २१ चैत : सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गर्नुभएको जेनेभास्थित नेपालको […]
गण्डकी, २१ चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री […]