काठमाडौँ, असार १२ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक […]
पोखरा, असार १२ गते । पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको हो । रानाभाटसँगै सुत्नुभएकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते हुनुभएको छ । त्यस्तै, पोखरा-७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ भने […]
लुम्बिनी, असार १२ गते । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित […]
काठमाडौं, असार १२ गते । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दशदिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो । उच्चस्तरीय टोली चीनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वसँग दुई […]
काठमाडौँ, असार ११ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण […]
हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले गत जेठ महिनासम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपियाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । प्रदेश […]
बैतडी, असार १२ गते । बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन […]
काठमाडौँ, असार १२ गते । देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको […]
काठमाडौँ, असार १० गते । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । […]
मेष–समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ । वृष–लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो […]