कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

महेन्द्रनगर, २४ पुसः कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । […]

नेपालमा कोरोनाको नयाँ भेरियन्ट

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’ देखिएको छ !!

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, २४ पुस ः माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरँैचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका […]

रकम अभाव भएपछि खानीखोला अस्पताल निर्माण रोकियो

काभ्रेपलाञ्चोक, २४ पुस : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो । अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ […]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जलेश्वर (महोत्तरी), २४ पुस : महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनामा […]

बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २४ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने […]

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ, २४ पुस : चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, […]

मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

झापा, २४ पुस : पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन […]

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, २४ पुस : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको […]

विश्व सम्पदा लामपाटीको छानो फेरियो

ललितपुर, २४ पुस : विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छाना फेरिएको हो । ललितपुरका भिभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएकोे ऐतिहासिक सम्पदा लामपाटीलाई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल