हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

बनियानी (झापा), २८ भदौ : झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । “१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क […]

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुर, २७ भदौ : भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनुभएको छ । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै […]

सांसदसँग रासस– सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

काठमाडौँ, २७ भदौ : पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिनुहुन्छ । प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्नुहुन्छ, “देशको भविष्य नियाल्दै जनताका आवाज […]

शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै

रसुवा, २७ भदौ : बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ। विगतमा स्रोत साधनको अभाव दर्शाउँदै […]

समाजजादी मोर्चाद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त, पूर्व निर्धारित कार्यक्रम स्थगन

काठमाडौँ, २६ भदौ, समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ । मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उहाँको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो । नेम्वाङको हृदयाघातबाट […]

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

फुङ्लिङ (ताप्लेजुङ), २४ भदौ : गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ […]

मेथिनकोटमा डायलायसिस सेवा

काभ्रेपलाञ्चोक, २२ भदौ ः   काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ । काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सुरु […]

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

भरतपुर (चितवन), २२ भदौ ः  आज चेपाङ समुदायले छोनाम ९न्वागी० पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम ९न्वागी०का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश […]

मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम, २२ भदौ :   मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका लागि […]

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

दमौली, २१ भदौ : हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ । स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल