भोजपुर, २८ चैतः भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ । अब स्वास्थ्य सेवा […]
महोत्तरी, २८ चैतः हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान […]
काठमाडौँ, २८ चैतः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज देशका उच्च […]
काठमाडौँ, २८ चैतः संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले सार्कसँग […]
दमक (झापा),२८ चैत: दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट […]
ढोरपाटन (बागलुङ), २८ चैत : पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ […]
चौतारा (सिन्धुपाल्चोक), २७ चैतः चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो । भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन छ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको […]
टीकापुर (कैलाली), २७ चैत ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ । पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको […]
काठमाडौँ, २७ चैत : देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ । प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक […]
म्याग्दी (बेनी), २७ चैत: जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग […]