Alliancekhabar

मंगलबार, साउन ०१, २०८१

म्याग्दी, साउन १ गते : म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिकमा चार करोड बढी आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-०८१ को असार मसान्तसम्म नगरपालिकाले चार करोड ५४ लाख ५० हजार आन्तरिक आम्दानी अनुमान गरेकोमा चार करोड दश लाख ४७ हजार नौ सय ९४ रुपियाँ आम्दानी गरेको हो ।

यो अनुमानित आम्दानीको ९० प्रतिशत प्रगति हो । संकलित राजश्व अपेक्षित भन्दा कम सङ्कलन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । आन्तरिक आम्दानी आशा गरे अनुसार सङ्कलन नहुँदा योजना तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाले सोमबार गलेश्वरमा आयोजना गरेको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले बेनी नगर क्षेत्र भित्र पर्ने विभिन्न ७ वटा बगरको ढुङ्गा,गिटी र बालुवा बिक्री गरेर ८० लाख ५४ हजार ६ सय ४४ रुपियाँ सङ्कलन गरेको जानकारी दिनुभयो ।

अग्नीखेत बगरबाट ८ लाख ७१ हजार,तीनसय ४५, डम्बरा बगरको २० लाख ३१ हजार नौसय ४१, जोगिगाडे बगरबाट ५ लाख १४ हजार नौसय पचास, चुत्रेनी तल्लो बगरबाट ६ लाख ४५ हजार सातसय ११, चुत्रेनी माथिल्लो बगरको ९ लाख ७५ हजार तीन सय ४०, बगुवा खोला बगरबाट २५ लाख ९३ हजार चार सय २५ र दुधेखोला घुमाउने बगरबाट ४ लाख २१ हजार ९ सय ३२ रुपियाँ राजश्व संकलन भएको बेनी नगरपालिकाले जनाएको छ ।

ढुङ्गा, बालुवाको आम्दानी बाहेक नगरपालिकाले व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरवहाल कर, भूमी कर,व्यक्तिगत घटना दर्ता, व्यवसाय कर, नाता प्रमाणित लगायतका करहरु संकलन गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ ।

अघिल्लो आर्थिक २०७९-८० मा नगरपालिकाले चार करोड ५० लाख १८ हजार सातसय ६९ रुपियाँ आन्तरिक आम्दानी गरेको थियो । आन्तरिक आम्दानीको स्रोतको खोजी र कर सङ्कलनलाई कडाई गरेर आगामी दिनमा नगरपालिकाले आन्तरिक आम्दानी बढाउने लक्ष्य लिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल