युवामा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो : राष्ट्रपति

काठमाडौँ, साउन २९ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो । ‘दिनानुदिन विदेश […]

मृतकका परिवारले अझै पाएनन् राहत

रुकुमपश्चिम, साउन २९ गते । रुकुमपश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको पीडितको गुनासो छ । जिल्लाको आठबिसकोट नगरपालिका –१२ का चार जना र मुसीकोट नगरपालिका –७ का एक जनाको बाढीका कारण मृत्यु भएको छ […]

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

त्रिवेणी (नवलपरासी), साउन २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर […]

कारागार व्यवस्थापनमा समस्या क्षमताभन्दा बढी कैदीबन्दी

काठमाडौँ, साउन २९ गते । २०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो । कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो । असार २७ गते गोरखा कारागारका कैदीबन्दीबिच कुटाकुट भयो । […]

कोटिहोम महायज्ञको सफलताका लागि विभिन्न दानका रकमहरूमा आधारित सम्मानका कार्यक्रमहरू तय गरिएको छ।

काठमाडौँ, साउन । दानको रकमअनुसार दाताहरूलाई विभिन्न प्रकारका सम्मान प्रदान गरिनेछ। रु १ देखि ५०० सम्मको दान दानपेटीमा राखिनेछ भने रु ५५५ देखि रु १००० सम्मको दान गर्ने दाताहरूलाई रुद्राक्ष माला प्रदान गर्दै सम्मान गरिनेछ। क्रमशः रु ११०० देखि माथि दान गर्ने दाताहरूलाई सम्मानपत्र, रामनामी, फ्रेम, र अन्य विशेष सम्मान प्रदान गरिनेछ। विशेषतः, रु १ […]

बालबालिकामा मेरुदण्ड बाङ्गो हुने समस्या

प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै […]

गुल्मीमा जङ्गली च्याउ खादा आठ जना बिरामी

गुल्मी, साउन २८ गते : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खादा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार यहाँका […]

स्वास्थ्यकर्मीले नै बोकेर पु-याए सुत्केरीलाई घर

खोटाङ, साउन २८ गते  । गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ । खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा […]

ठुलीभेरीमा बहाब बढ्यो, सतर्क रहन आग्रह

रुकुमपश्चिम, साउन २८ गते : अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ । नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध […]

बेनीमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का

म्याग्दी, साउन २८ गते : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर  विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल