सुलीकोट, असोज १८ गते : गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ । गत असार पहिलो हप्तादेखि परेको अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक अवरुद्ध भएको ३ महिनापछि धार्चे–माछीखोला सडक शुक्रबारदेखि सडक सञ्चालनमा आएको हो । उत्तरी गोरखाको माछीखोला–धार्चे सडक अन्र्तगत अविरल वर्षाका कारण विभिन्न ठाउँमा भौगोलिक विकटताका कारण सय मिटर […]
काठमाडौँ, असोज १८ गते : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहनुभएको छ । सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली […]
काठमाडौं, असाेज १८ गते : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको हाे । अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रुपैँया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हात हतियारको उपयोग […]
बैतडी, असोज १७ गते । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ । कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र […]
फिदिम,असोज १७ गते : पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा फिदिम –४ का ११ वर्षीय बादल र १३ वर्षीय सोनिया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिनुभयो । उहॉका अनुसार घाइते हुनुभएका दिदीभाइ हुन् । हिजो राति मैनबत्ती सल्काएर जर्किले टेम्पोमा पेट्रोल भर्दै गर्दा शरीरमा […]
रामेछाप, असोज १७ गते : असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ । बाढीले बगाएको खुर्काेट पुलमा तत्काल बेलीब्रिज निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिनेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मङ्गलबार रक्षा मन्त्रालयमा सिफारिस भएको रामेछापका बागमती प्रदेशसभा सदस्य […]
काठमाडौँ, असोज १७ गते : हिन्दुहरूको पर्व दसैँ २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नु भएको छ । आजदेखि दसैँ सुरु भएसँगै नवरात्र अर्थात् घटस्थापना आरम्भ भएको छ । घटस्थापनाको साइत ९ः१६ बजे रहेको जनाएको छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना […]
सिन्धुली, असोज १७ गते : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
दमक, असोज १७ गते : झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ । विपन्न पहिचान कार्यविधि अनुसार वडाले सिफारीस गरेका आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराइएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो । नगरपालिकाका अनुसार जनही पाँच हजार २ सय ५० मूल्य बराबरको खाद्य सामग्रीहरु […]