लुम्बिनी, ३० मङ्सिर : लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गर्नुभएको छ । उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गर्नुभएको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे छलफल गरेको बताउनुभयो । उपाध्यक्ष लामाले धार्मिक […]
काठमाडौँ, ३० मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे निकै चर्चा मात्र भएन यस मुद्दाले प्राथमिकतासमेत पायो । हिमाली मुलुक नेपालले खासगरी सन् […]
भरतपुर, ३० मङ्सिर : चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुग्नुभएको छ । “तोरीमा […]
मनहरी, ३० मङ्सिर: मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर […]
भक्तपुर, ३० मङ्सिर: चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गर्नुभयो । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको होे । त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै […]
मुग्लिन (चितवन), २९ मङ्सिर : चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।
महेन्द्रनगर, २९ मङ्सिर : कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हँुदै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा दुई […]
रामेछाप, २९ मङ्सिर : रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन […]
जानकी (बाँके), २९ मङ्सिर : बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर […]
जानकी (बाँके), २९ मङ्सिर : बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ […]