काठमाडौँ, १६ पुस : पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो । जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो । […]
जानकी (बाँके), १६ पुस : बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने […]
पर्वत, १६ पुस : पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई […]
काठमाडौँ, १६ पुस : नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ । […]
काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो । युनियनको पदाधिकारी बैकठले नेपाल […]
काठमाडौँ, १५ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज […]
काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, […]
फिक्कल (इलाम), १५ पुस : इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ […]
सिन्धुपाल्चोक, १५ पुस : मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभाविन्त भएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन […]
म्याग्दी, १५ पुुस : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार […]