बेनी, १९ पुस : म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० श्यया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो […]
भेरीगङ्गा (सुर्खेत), १९ पुस : सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु […]
सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत […]
कमलामाई (सिन्धुली), १८ पुसः कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदैथियौँ । अहिले पहिले जसरी जङ्गलमा कन्दमूल पाइँदैन । जङ्गल विनाशसँगै मासिया”, उहाँले विगत सम्झिँदै भन्नुभयो । तत्कालीन सयममा हायु जातिको […]
भजनी (कैलाली) १८ पुस : कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ । कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा […]
दमौली, १८ पुस : तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गर्नुभएको थियो । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अधिकांश स्थानीय तह त्यसमाथि […]
कीर्तिपुर, १८ पुस ः जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्खिक असन्तुलन र आप्रवासनका भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या शिक्षा केन्द्रीय विभागद्वारा मङ्गलबार आयोजित सञ्चारकर्मीसंगको छलफलमा उहाँहरुले देश जनसङ्ख्याको उतारचढावअनुरुप विकासका योजनाहरु बनाउन सबै क्षेत्रका कर्मचारीसंग जनसङ्ख्यासम्बन्धी ज्ञान हुनुपर्ने र विश्वविद्यालयबाट विषयविज्ञ उत्पादन गर्नुपर्नेमा जोड […]
झापा, १८ पुस : मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उहाँ कोठाबाट बाहिर निस्कनुभयो । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण ग¥यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्नुहुन्न । […]
गण्डकी, १७ पुस: विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ सदस्यलाई शपथ ग्रहण गराउनुुभएको […]
मुग्लिन (चितवन), १८ पुसः जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ । हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले […]