उर्लाबारी, माघ २४ गते । सरकारले २०७६ सालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न जग्गा रोक्का गर्दा मोरङको कानेपोखरी–७, आइतबारेका ५६ वर्षीय कमलप्रसाद पौडेल हर्षले गदगद हुनुभयो । जग्गा रोक्का भए पनि उहाँले चाँडै उचित मुआब्जा पाइन्छ र अन्यत्र घरजग्गाको प्रबन्ध गर्न सकिने सपना बुन्नुभयो । मोरङमा रेलको नक्साङ्कन भएका कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, बेलबारी र सुन्दरहरैँचाका […]
सोलुखुम्बु, माघ २४ गते । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको […]
काठमाडौँ, माघ २४ गते । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी […]
कामको खोजीमा विदेश जाने परिपाटीको कारण वर्तमान समयमा ग्रामीण क्षेत्र बुढाबुढीको जिम्मामा छ । गाउँमा मलामी जाने युवा पाउनसमेत गाह्रो हुन थालेको छ । लाखौँ जनशक्ति बाह्य मुलुकको रोजगारी आश्रित छन् । ग्रामीण क्षेत्र दिनप्रतिदिन सुनसान बन्दै गइरहेको अवस्था विद्यमान छ । रेमिट्यान्स नआउने हो भने अर्थतन्त्र कुन दिशामा जान्थ्यो होला भनेर कल्पना गर्न सकिने […]
काठमाडौँ, माघ २४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको […]
काठमाडौँ, माघ २४ गते । सिंहदरबार वैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ । प्रायः एउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ । समय सकिन्छ । सिंहदरबार वैद्यखानाको एकपछि अर्को ठेक्का हात पार्ने ‘न्यु लक्ष्मी सप्लायर्स’ को लापरबाहीले आयुर्वेदिक औषधीको उत्पादन ठप्प छ […]
देउखुरी, माघ २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताउनुभएको छ । यि दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा बिक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताउनुभएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंले स्थानीय स्तरमा बिक्री तथा […]
फिदिम, माघ २३ गते । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएका थिए । सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा […]
पर्वत, माघ २३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफू नेतृत्वको सरकारले सुशासनको पक्षमा गरेका काम जनताले रुचाएको टिप्पणी गर्नुभएको छ । मङ्गलबार साँझ पर्वतको कुश्मामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै प्रचण्डले भ्रष्टचार र कुसाशनका विरुद्ध भएका कामले जनतामा माओवादी प्रतिको आशा जागृत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शुसासनलाई जनताले […]
काठमाडौँ, माघ २३ गते । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार […]