तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम

पश्चिम नवलपरासी, कात्तिक ९ गते ।  यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । तयारीको चटारो र बजारमा चहलपहल कात्तिक शुक्ल चतुर्थी […]

निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ, कात्तिक ८ गते ।  सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न […]

आइसीसी विश्वकप लिग–२ : आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, कात्तिक ८ गते।  आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई  हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने  टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग–२ अन्तर्गत […]

पाथीभरामा यो वर्षकै धेरै दर्शनार्थी

फुङलिङ, कात्तिक ८ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पूजा आराधना गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पूजा गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज बिहान ३ बजेदेखि सुरु भएको पूजाको लाइन साँझ साढे ४ बजे सम्ममा मात्र समाप्त […]

कुनै पनि माग वार्ता र संवादमार्फत् समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौँ, कात्तिक ८ गते।  गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन […]

शताब्दी पुरुष जिसी भन्नुहुन्छ ‘अस्पताल भर्ना भएको र औषधी खाएको छैन’

म्याग्दी, कात्तिक ८ गते ।  खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर […]

तराई/मधेशमा मात्र सीमित छठ देशभर फैलिँदै

गौशाला (महोत्तरी), कात्तिक ८ गते ।  विगतमा मधेशी समुदायमा मात्र सीमित छठ अहिले देशभर फैलिएको छ । चार दिनसम्म मनाइने छठ पर्व आज (शनिबार)बाट विधिवत रूपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चारदिने छठ पर्व महोत्तरीसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिन आज व्रतालु […]

रुकुम जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो, १० घाइते

रुकुमपश्चिम, कात्तिक ८ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा आठबिसकोट […]

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौँ, कात्तिक ८ गते । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको […]

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

महेन्द्रनगर (धनुषा), कात्तिक ८ गते ।  मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ