alliance khabar

शनिबार, कार्तिक ०८, २०८२

म्याग्दी, कात्तिक ८ गते ।

 खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गर्नुभयो ।

साठी वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाउनुभयो । “दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफुल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरि बिरामी परेको छैन,” जिसीले भन्नुभयो “सामान्य बिरामी हुदा गाउँघरमै पाइने जडिबुटी खाएर निको भएको छु ।”

तत्कालीन राणा, प्रजातन्त्र, पञ्चालत, राजतन्त्र, शसस्त्र द्वन्द्व हुदै संघीय गणतन्त्रिक व्यवस्थाको अनुभव गरेका जिसीले युवा हुँदा एक महिना लगाएर बुटवल पुगेर नुन ल्याएको, त्यसबेला जुत्ता, चप्पल लगाउन नपाएको, खानेपानी, विद्युत, सञ्चारको सुविधा नहुँदा जीवनयापन निकै कष्टकर रहेको स्मरण सुनाउनुभयो ।  “नयाँ कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने थियो, ढुङ्गा प्वाल पारेर जम्मा भएको पानी उपभोग गर्नुपर्ने अवस्था थियो” उहाँले बाल्यकाल सम्झनुभयो “पूर्वाधार र चेतनाको विकासका साथै व्वयस्थामा आएको परिवर्तनले हामी सर्वसाधारणको जनजिवन धेरै सहज भएको छ ।”

खेतीयोग्य जमिन बाँझिने, बसाईसराई बढ्दो र खाद्यान्तमा परनिर्भरता बढेकोमा जिसीले चिन्ता गर्नुभयो । स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व गरेका जिसीका चार छोरा र एक छोरीका २० जना नाती, नातिना र पनाति छन् । जिसीले १७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग बिवाह गर्नुभएको थियो । श्रवणशक्ति कम भएपनि स्पष्ट बोल्न सक्ने उहाँ धार्मिक पुस्तकका चित्रहरु अध्ययन, आफन्त र छिमेकीसँग गफिएर दिन बिताउनुहुन्छ । घर वरपर आफै हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी नचाहिने लालबहादुरका माइला छोरा हरिबहादुर जिसीले बताउनुभयो ।

जिसिलाई जलजला गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

एक सय वर्ष पुगेका पालिका भरिका शताब्दी पुरुष र नारीको पहिचान गरेर घरमै पुगेर सम्मान गर्ने, उहाँहरुको अनुभव, जिवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न थालिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल