असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक,  भदौ ३१ गते ।  यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  भदौ ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) […]

ध्वस्त भयो प्रदेश सभा भवन

मकवानपुरगढी, भदौ ३१ गते  । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय […]

सोह्रश्राद्धमा सुनसान कागबेनी

मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते ।  सोह्रश्राद्ध सुरू भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू आउने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनी अहिले सुनसान छ । जेनजी आन्दोलन र बेनी–जोमसोम–कोरला सडकखण्डमा खसेको पहिरोका कारण अहिले दैनिक न्यून सङ्ख्यामा भक्तजन कागबेनीमा देखिन्छन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पणका लागि कोरोनाकालपछि अहिलेसम्मकै न्यून रहेको मुक्तिनाथ […]

सुपथ मूल्यमा चामल वितरण सुरु

कालीकोट, भदौ ३१ गते । जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो । जिल्लाको सबै नगरपालिका र गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी  खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको कार्यालय कालीकोटबाट आइतबार सूचना गरी सोमबारबाट सहुलियत […]

चिकित्सकलाई प्रोत्साहन भत्ता, नागरिकलाई विशेषज्ञ सेवा

रेसुङ्गा(गुल्मी) भदौ, ३१ गते ।  पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको सङ्ख्या २०८१/०८२ मा ७८ हजार २५४ पुग्यो । यो एउटा स्वास्थ्य क्षेत्रमा पलाएको नयाँ आशा हो । कुनै समय […]

सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई खोज्दै बाँके प्रहरी

धम्बोझी (बाँके), भदौ ३१ गते ।  जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ । आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुको खोजी भइरहेको बेला बाँके प्रहरीले पनि सक्रियता बढाएको छ । आन्दोलनका क्रममा कार्यालय तथा सार्वजनिक सम्पत्तिको लुपाट, तोडफोडसँगै आगजनी गरी नष्ट […]

निजीलाई बिमाको राहत सरकार भने नगर्दा आहत

काठमाडौँ, भदौ ३१ गते । समग्र बिमा क्षेत्रकै नियमन गर्ने सरकारले आफ्नामातहतका संरचना र पूर्वाधारको बिमा नगर्दा यतिबेला अर्बौं रुपियाँको नोक्सानी हुने देखिएको छ । नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ का कारण सरकारी संरचनामा ठुलो क्षति भएको छ । ती संरचना बिमाको दायराभित्र नपरेकाले सरकारले अर्बौं रुपियाँको नोक्सानी बेहोर्नुपर्ने भएको छ । निजी क्षेत्रले बिमाबाट […]

महान्यायाधिवक्ताद्वारा पदबहाली, मिलेर काम गर्ने प्रतिबद्धता

काठमाडौँ, भदौ ३० गते। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भन्नुभयो, “यो विषम परिस्थिति छ, सबैले […]

बाल दिवसको सन्दर्भमा दीप प्रज्वलन

काठमाडौँ, भदौ ३० गते।  राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले दीप प्रज्वलन गरेको हो। सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल