बागलुङ, असोज ३० गते । अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपल्लाचौरस्थित दावगरा बसपार्कमा हुने खेलको औपचारिक उद्घाटन बिहीबार हुने भएपनि खेल भने बुधबारदेखिनै सुरु भएको हो । समाजले पहिलो पटक जिल्लाभित्र सर्वाधिक पुरस्कार राशीसहित खेल खेलाएको हो । पहिलो दिनको खेलमा बागलुङ र जैमिनी नगरपालिकाले विजयी सुरुवात […]
कञ्चनपुर, असोज ३० गते । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि […]
नवलपुर, असोज ३० गते । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चितवन […]
रेसुंगा(गुल्मी), असोज २९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो । जसमा तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउने, देउसीभैलो खेल्दा परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै अनुशासित रुपमा राति […]
काठमाडौँ, असोज २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ । आयोजनाका लागि आवश्यक डक्टाइल आइरन (डिआई) पाइप खरिदमा अनियमितता गरेको आशङ्कामा आयोगले छापा मारेको हो । आयोजनाका कर्मचारीले उक्त पाइप खरिद गरेर हिनामिना गरेको उजुरीका आधारमा छापा मारिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्र पौडेलले पाइप […]
काठमाडौँ, असोज २९ गते । नवयुवाका नाममा पछिल्लो समय विभिन्न कार्यालय, निकायमा पुगेर कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ । जेनजीका केही अगुवाले कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा दैनिक जसो विभिन्न सरकारी कार्यालयमा पुग्ने र ध्यानाकर्षणपत्र भन्दै कर्मचारीमाथि अमर्यादित गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिमाथि प्रहरीले आवश्यक कारबाहीका लागि निगरानी बढाएको हो […]
काठमाडौँ, असोज २९ गते । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा १० वटा रिट पेस भएका छन् । विघटन, सरकार गठनसँगै जेनजी आन्दोलनमा भएको दमन र तोडफोडलगायतका विषयमा फरक फरक आदेश पनि रिटमा माग गरिएको छ । जेनजी आन्दोलनपछि सम्पूर्ण सेवा ठप्प रहेको सर्वोच्चले रिट दर्ता र सुनुवाइको प्रक्रिया अघि बढाउने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ । रमाइलो र सफल दिन रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरेका काम […]
सप्तरी, असोज २८ गते । पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड ब्रैरभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवानासहित बिक्रीमा रोक लगाइएको हो । इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसँग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुई […]
काठमाडौँ, असोज २८ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख […]