विराटनगर, असोज ८ गते । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले […]
काठमाडौँ, असोज ३ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) […]
जनकपुरधाम, असोज ८ गते । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठक बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बस्दैछ । प्रदेशको वर्तमान राजनीतिक परिस्थिति र सरकारको नेतृत्व सङ्कटबिच बस्न लागेको यस बैठकलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गत २४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको राजीनामापछि प्रदेश राजनीति थप जटिल बनेको छ […]
बाँके, असोज ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई […]
अछाम, असोज ७ गते । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिनुभयो । वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । […]
काठमाडौँ, असोज ७ गते । चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य भिडियोमा […]
बागलुङ (गलकोट), असोज ७ गते । गत भदौ २१ गते साँझ ताराखोलाबाट गलकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा दरमखोलामा बेपत्ता भएका ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिमबहादुर घर्तीको शव १७ दिनपछि फेला परेको छ । गलकोट नगरपालिका– ६ स्थित दरमखोलाको मसरामा फेला परेको शवको स्थानीय तथा परिवारका सदस्यले पहिचान गरेको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका– १ […]
विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् । यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा […]
पशुपतिनगर, असोज ७ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । […]
काठमाडौँ, असोज ७ गते । यसपालिको दसैँमा काठमाडौँ उपत्यका ३५ हजारदेखि चालिस हजार खसीबोका खपत कम हुने अनुमान गरिएको छ । देशमा भएको विषम परिस्थिति र धेरै जना दसैँ मनाउन गाउँमा गएकाले बजारमा माग कम हुँदा खपत घट्ने अनुमान गरिएको हो । यसपालिको दसैँमा ३५ हजारदेखि ४० हजार खसीबोका खपत हुने अनुमान गरिएको यसपालिको दसैँमा […]