
बर्दिबास, मङ्सिर ६ : जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासत पुस्तकालयमा कथा, उपन्यास, जीवनी, विचार, सिद्धान्त, उत्प्रेरणा, इतिहास लगाएत विभिन्न विधाका ३९८ थान पुस्तक छन् । पुस्तक खरिदका लागि आवश्यक दुई लाख ५० हजार रुपियाँ जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण दाहालले सहयोग गर्नुभएको जिल्ला प्रहरीले जनाएको छ । […]
गुल्मी, मङ्सिर ६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो । गाउँपालिकाको “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान“ कार्यक्रम रहेको हुँदा जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान उपलब्ध गराइने भएको […]
दोलखा, मङ्सिर ६ : दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र […]
काठमाडौं, मङ्सिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण […]
सुर्खेत, मङ्सिर ५ :१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मङ्सिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट […]
जाजरकोट, मङ्सिर ५ : चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका […]
रुकुमपश्चिम, मङ्सिर ५ :जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ । रुकुमपश्चिमका केहि विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भईसकेको छ भने विभिन्न विद्यालयमा सिकाइ केन्द्र निर्माणको क्रममा छ । दसैं, तिहार र छठपर्वको अवसरमा बिदा भएका विद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाइ केन्द्र […]
ओखलढुङ्गा, मङ्सिर ५ :करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिक सम्मको अवधिमा कार्यालयले छ करोड ६० लाख २४ हजार राजस्व सङ्कलन गरेको हो । आठ करोड २१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भए पनि लक्ष्यको ८०.३७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको करदाता सेवा […]
१. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । २. बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । ३. यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ । ४. बदाममा प्रशस्त […]
जाजरकोट नलगाड, मङ्सिर ४ : गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले […]