काठमाडौँ, माघ १ गते । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार तालिका सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा […]
सिन्धुपाल्चोक, पुस २९ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो। उहाँले […]
तानसेन, पुस २९ गते । माघ १ गतेदेखि सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको हो । नेपालको चार धाममध्ये एक रुरु क्षेत्र रिडी धाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गरेको छ । मेलाका […]
काठमाडौँ, पुस २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गर्दै उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ। चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय […]
काठमाडौं, पुस २९ गते : सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । प्राधिकरणका अनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठुला गरी क्षति भएको देखिएको जनाएको छ […]
काठमाडौं, पुस २९ गते : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औं राष्ट्रिय अधिवेशनमा बोल्नुहुँदै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उहाँले व्यावसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेस्टुरेन्टहरूले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको […]
काठमाडौं, पुस २९ गते : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको स्पष्ट पार्नुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्नुहुँदै उहाँले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताउनुभयो । परराष्ट्रमन्त्री राणाले नेपालको कुल गार्हस्थ उत्पादन निष्क्रिय […]
काठमाडौं, पुस २८ गते । स्वास्थ्य मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा जीवनरक्षाका लागि तत्काल नजिकको अर्को अस्पतालमा प्रेषण गर्ने व्यवस्था सुनिश्चित गर्न नयाँ बिरामी प्रेषण(रेफरल) निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा पुर्याउन प्रक्रिया सरल र सुरक्षित बनाउने उद्देश्य राखेको छ। यसले अस्पतालहरूमा परीक्षणको दोहोर्याई कम गर्ने […]
काठमाडौं, पुस २८ गते । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति देउवाको नामबाट अध्यादेशसम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । पार्टीका मुख्य सचिव […]