
म्याग्दी, १९ फागुन : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियान मार्फत सो रकम सङ्कलन भएको हो । विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी […]
काठमाडौँ, १९ फागुन : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी […]
नगरकोट (भक्तपुर), १८ फागुन : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुनको आवश्यकता औँल्याउनुभएको छ । सरकारले ल्याउन लागेको सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र आमसञ्चारसम्बन्धी विधेयकलाई केन्द्रित गरेर आज यहाँ आयोजित छलफलमा उपसभामुख रानाले संविधानले नै प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै कानुन निर्माणका […]
काठमाडौँ, १८ फागुन : राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक […]
चितवन, १८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनुभएको हो । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, […]
ढोरपाटन (बागलुङ), १८ फागुन : बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ […]
इलाम, १८ फागुन : इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका […]
काठमाडौँ, १८ फागुन : हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन हुनुभएको छ । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव उहाँलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उहाँ समिट एयरका प्रबन्ध निर्देशक हुनुहुन्छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, […]
काठमाडौँ, १७ फागुन : फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताउनुभएको छ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको जीउज्यानको सुरक्षाको विषयलाई उद्योगले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट […]
काठमाडौँ, १७ फागुन : तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र […]