सर्लाहीको घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु

सर्लाही, साउन १६ गते । सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो । परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । उहाँलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा […]

बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा

नेपालगन्ज, साउन १६ गते । बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका […]

बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते

पश्चिम नवलपरासी, साउन १६ गते । नवलपरासिको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ […]

गमगढी–नाकच्चेलाग्न लोगमार्ग अवरुद्ध हुँदा तीर्थ यात्रुलाई सास्ती

मुगु, असार १५ गते। गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ।  गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न सास्ती भएको हो। विगत ३÷४ दिनदेखि अविरल वर्षाका कारण  गमगढी नाक्चेलाग्ना सडकखण्ड हुँदै मुगुम कार्मारोङ गाउँपालिकाको  केन्द्र पुलुसम्म […]

ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’

वासिङ्टन,  साउन १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ । साथै उहाँले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गर्नुभएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू […]

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

काठमाडौँ, साउन १५ गते ।  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको […]

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह

नोम पेन्ह, साउन १५ गते । कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले […]

स्याउ पाक्ने बेलामा बाटो बन्द, किसानलाई चिन्ता

बाजुरा, साउन १५  गते । स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने […]

एनएसजेएफ स्पोर्टस् अवार्ड पोखरामा हुने

माछापुच्छरे (कास्की), साउन १४ गते । नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा अवार्ड कार्यक्रम हुनेछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगत वर्षहरुमा झै […]

तागाधारीको पर्व जनैपूर्णिमा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै धारण गर्नेहरू (तागाधारीहरू) को धार्मिक पर्व जनैपूर्णिमा पर्व आउँछ । यो पर्व ब्राह्मण, क्षेत्रीय एवं वैश्य आदि जातिको चोखो, पवित्र एवं प्रमुख पर्व हो । व्रतबन्ध गरी जनै धारण गर्नेहरूका लागि यो तिथि उत्तम तिथि एवं दिन मानिन्छ । वैदिक कालदेखि लिएर महर्षिहरूका कालसम्म सबै वर्ण वर्गका मानवले यो कर्म गर्दै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल