Alliancekhabar

बिहिबार, आषाढ १३, २०८१

मुगु, असार १३ गते : जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औं नगरसभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार पुँजीगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालुतर्फ २९ करोड ११ लाख ७० हजार बजेट प्रस्ताब गर्नुभएको छ ।

आयतर्फ कुल बजेटमध्ये प्रदेश सरकारबाट समानिकरणतर्फ १ करोड ४१ लाख, राजस्व बाँडफाँडतर्फ २७ लाख ४७ हजार ससर्त अनुदानतर्फ चार करोड ८८ लाख ३३ हजार रुपियाँ रहेको छ ।

त्यसैगरी संघीय सरकार समानिकरणतर्फ ११ करोड ७९ लाख, राजस्व बाँडफाँटतर्फ ११ करोड २३ लाख ससर्त अनुदानतर्फ २७ करोड ६० लाख रुपियाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा एक करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल