मुगु, असार १३ गते : जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औं नगरसभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार पुँजीगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालुतर्फ २९ करोड ११ लाख ७० हजार बजेट प्रस्ताब गर्नुभएको छ ।
आयतर्फ कुल बजेटमध्ये प्रदेश सरकारबाट समानिकरणतर्फ १ करोड ४१ लाख, राजस्व बाँडफाँडतर्फ २७ लाख ४७ हजार ससर्त अनुदानतर्फ चार करोड ८८ लाख ३३ हजार रुपियाँ रहेको छ ।
त्यसैगरी संघीय सरकार समानिकरणतर्फ ११ करोड ७९ लाख, राजस्व बाँडफाँटतर्फ ११ करोड २३ लाख ससर्त अनुदानतर्फ २७ करोड ६० लाख रुपियाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा एक करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।