Alliancekhabar

बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम, असार ५ गते : स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले वि.स. २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएपछि जनकपुरधामको जटिल समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको थियो र साथै उहाँले फोहोरबाट मोहोर ल्याउने र कम्पोस्ट मल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर आज निर्वाचित भएको तेस्रो वर्षमा पनि उहाँले आफ्ना प्रतिबद्धता पूरा गर्न सक्नुभएको छैन ।

उति बेला फोहोरको मुद्दालाई लिएर विगतका जनप्रतिनिधिहरूले काम गर्न नसकेका भन्दै खेदो गर्नुभएको थियो । तर, आफू निर्वाचित भएको तेस्रो वर्षसम्म पनि निर्वाचनका प्रतिबद्धता पूरा गर्न सकुन् भएको छैन । फोहोरले जनकपुरको प्रत्येक गल्ली र सडकहरूबाट उपमहानगरपालिकाका प्रमुखलाई गिज्याइरहेको छ ।

उपमहानगर प्रमुख साह निर्वाचित भएपछि फोहोर व्यवस्थापनका लागि भनेर सफाइ कर्मचारी र फोहोर व्यवस्थापनका लागि नयाँ सवारी साधन थप्नुभयो । तर, जनकपुरधामको फोहोरको अवस्था भने जस्ताको त्यस्तै छ । खरिद गरिएका गाडी र नयाँ भर्ती भएका सफाइ कर्मचारीले मुख्य बजार, चोक र सडक बाहेक अन्तको फोहोर उठाएका छैनन् ।

जनकपुरधामका सडक चौडा भए, सौन्दर्यीकरणको नाममा पोखरीका डिलमा कङ्क्रिट र टायल्स मार्बल लगाइयो, बेलाबखत सफाइ अभियान पनि सञ्चालन हुन्छ, सरफाइका लागि फोटो सेसन पनि हुन्छ तर, हुन नसकेको भनेको यहाँको फोहोर व्यवस्थापन । अहिले पनि जनकपुरधामवासीले पुरानै पारामा त्यही पोखरी र घर छेउछाउ रहेको खाल्डाखुल्डी तथा खाली जमिनमा फोहोर थुपार्ने गरेका छन् । भन्छन्,“उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कुनै आधार तयार पारको छैन, कहाँ फोहोर फाल्ने, त्यही भएर जहाँ सुविधा हुन्छ, जहाँ खाली ठाउँ देखिन्छ त्यही फाल्ने गरेका छौँ ।” उपमहानगरपालिकाले सफाइ अभियान सञ्चालन गर्‍यो रे, सफाइ कर्मचारी थप्यो रे फोहोर उठाउनका लागि नयाँ गाडी खरिद गरेको छ रे, तर, हामी कहाँ आजसम्म कुनै गाडी फोहोर उठाउन आएको छैन, न कुनै जानकारी नै आएको जनकपुरधामवासी बताउँछन् ।

जनकपुरधामका प्रमुख साह भने जनकपुरधामको फोहोर व्यवस्थापनमा केन्द्रीय गुठी संस्थान बाधक बनेको आरोप लगाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,“केन्द्रीय गुठी संस्थानले फोहोर व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसकेको हो ।” फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराइदिने बारे संस्थालाई पत्राचार गरेको वर्ष दिनभन्दा बढी भयो तर, केन्द्रीय गुठी संस्थानले जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्था हुन नसकेको जनकपुरधामका प्रमुख साहको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल