इलामको उपनिर्वाचन सामान्य निर्वाचन होइन । यो निर्वाचन नेपालका राजनीतिक दलहरुको कसी हो । यसले दलहरुको भविष्य निर्धारण गर्नेछ । सबै पार्टीहरूले छुट्टाछुट्टै उमेद्वार उठाएको र उमेद्वारहरु लगभग एकै समुदायबाट देखिएकाले यसबाट नेपाली काँग्रेसले लाभ लिने सक्ने देखिन्छ । तर काँग्रेसले उमेदवार तोक्न ढिला गरेर गम्भीरता नदेखाउनु दुर्भाग्यपूर्ण छ ।
झन मत सर्वेक्षण गरेर फर्केका महामन्त्री विश्व प्रकाशले जसलाई दिएपनि हुन्छ भनेर दोक्ला प्रतिवेदन पेश गरेछन् । शेखर-गगनले मौन व्रत धारण गरेछन् । सभापतिले मनका कुरा ज्ञानेन्द्र कार्की मार्फत ओकले छन । सबैतिरबाट काँग्रेसमाथि प्रहार भैरहेको बेला यो निर्वाचनलाई काँग्रेसले जीवनमरणको रुपमा लिनु पर्दछ । यो समय गुटबन्दी वा मोलाकाज राखेर ब्यवहार गर्ने बेला होइन । ढिला त भैसक्यो । सर्वसम्मत निर्णय आजै गर्नुस् र एकताबद्ध भएर काँग्रेस जिताउन लाग्नुस् ।
काँग्रेस भित्र विकल्पको राजनीति गर्ने नेताहरुको भविष्य पनि इलामको उपनिर्वाचनको फैसलाले निर्धारण गर्नेछ । ठुलो मानिस बन्न सानो चित्त र कमजोर मानसिकताबाट सम्भव छैन । इलाम उप निर्वाचनमा जितकोलागि नेपाली काँग्रेसलाई सहस्र शुभकामना !