alliance khabar

मंगलबार, चैत्र २०, २०८०

इलामको उपनिर्वाचन सामान्य निर्वाचन होइन । यो निर्वाचन नेपालका राजनीतिक दलहरुको कसी हो । यसले दलहरुको भविष्य निर्धारण गर्नेछ । सबै पार्टीहरूले छुट्टाछुट्टै उमेद्वार उठाएको र उमेद्वारहरु लगभग एकै समुदायबाट देखिएकाले यसबाट नेपाली काँग्रेसले लाभ लिने सक्ने देखिन्छ । तर काँग्रेसले उमेदवार तोक्न ढिला गरेर गम्भीरता नदेखाउनु दुर्भाग्यपूर्ण छ ।

झन मत सर्वेक्षण गरेर फर्केका महामन्त्री विश्व प्रकाशले जसलाई दिएपनि हुन्छ भनेर दोक्ला प्रतिवेदन पेश गरेछन् । शेखर-गगनले मौन व्रत धारण गरेछन् । सभापतिले मनका कुरा ज्ञानेन्द्र कार्की मार्फत ओकले छन । सबैतिरबाट काँग्रेसमाथि प्रहार भैरहेको बेला यो निर्वाचनलाई काँग्रेसले जीवनमरणको रुपमा लिनु पर्दछ । यो समय गुटबन्दी वा मोलाकाज राखेर ब्यवहार गर्ने बेला होइन । ढिला त भ‌ैसक्यो । सर्वसम्मत निर्णय आजै गर्नुस् र एकताबद्ध भएर काँग्रेस जिताउन लाग्नुस् ।

काँग्रेस भित्र विकल्पको राजनीति गर्ने नेताहरुको भविष्य पनि इलामको उपनिर्वाचनको फैसलाले निर्धारण गर्नेछ । ठुलो मानिस बन्न सानो चित्त र कमजोर मानसिकताबाट सम्भव छैन । इलाम उप निर्वाचनमा जितकोलागि नेपाली काँग्रेसलाई सहस्र शुभकामना !

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल