काठमाडौँ, कात्तिक १७ गते ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार रुपियाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६७५ रुपियाँ निर्धारण भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपियाँ र चाँदी तीन हजार ७२० रुपियाँमा कारोबार भएको थियो ।
