काठमाडौँ, कात्तिक १७ गते ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्ग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने लिग चरणको १२औँ खेलमा जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोलीका लागि यो खेल लिगको अङ्कतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहेको छ ।
एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । लिग चरणका खेलपछि अङ्कतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
