alliance khabar

शनिबार, कार्तिक १४, २०८३

काठमाडौँ, कात्तिक १४ गते ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो ।

उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।

एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ