काठमाडौँ, कात्तिक १४ गते ।
सुदुरपश्चिम प्रदेश बाजुराको प्रसिद्ध बडिमालिका मन्दिर दर्शन गरी फर्कने क्रममा वर्षाका कारण बाटो बिराएर अलपत्र परेका युवामध्ये कञ्चनपुरका एक युवकको नेपाली सेनाले हवाई उद्धार गरेको छ ।
बडिमालिका क्षेत्रमा हराएका युवाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट खटिएको टोलीले ती युवकको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतिकूल मौसमका कारण बाटो बिराएर अलपत्र परेका युवाको खोजी तथा उद्धारमा नेपाली सेना परिचालन भएको थियो ।

