alliance khabar

शनिबार, कार्तिक १४, २०८३

काठमाडौँ, कात्तिक १४ गते ।

नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिले समुदायका लागि विविध दृष्टिले योगदान पुर्‍याउनुभएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

घेदुङद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारको विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङ र नेपाल सरकारको विशिष्ट श्रेणी सचिव रुद्रसिंह तामाङलाई तामाङ संस्कार अनुसार टटेलाको फूल, तामाङ टोपी र सम्मानपत्रसहित सम्मान तथा शुभकामना दिइएको हो ।

सो अवसरमा बागमती प्रदेश सरकारको विना विभागिय मन्त्री माननीय ज्ञानबहादुर तामाङले पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा विविधताले भरिएका नेपाली संस्कृति, भाषा संरक्षणको पाटोमा राष्ट्र र आफ्नो समूदायप्रति गम्भिर भएर योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा तामाङ भाषा र नेपालभाषा लागु हुने गरी ऐन पारित भए पनि त्यसको कार्यान्वयनका लागि नियमावली बनेको छैन, सरोकारवाला निकायहरुले यसमा चासो देखाउनुपर्‍यो, भन्नुहुँदै नियमावली बनाउने र पारित गर्ने सन्दर्भमा सहयोग, पहल गर्न आफु तयार रहेको समेत जानकारी दिनुभयो ।

नेपाल सरकारको विशिष्ट श्रेणी सचिव रुद्रसिंह तामाङले वि.स. २०४९ देखि समुदायको हितका लागि तामाङ घेदुङसँग नजिक भएर विविध परिवर्तनका अभियानमा सँगसँगै हिडेको स्मरण गर्नुभयो ।

उहाँले  आफू निजामति सेवामा प्रवेश गरेपनि आवश्यक सहयोग जारी राख्दै जाँदा घेदुङले नै सम्मान गर्दा ति दिनहरुको सम्झना ताजा भएर आएको अनुभव सुनाउनुभयो । आफू संस्कृति, भाषा, कला, संस्कारको प्रवद्र्धनमा योगदान दिन तत्पर रहेको बताउनुभयो ।

नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार मोहन गोलेले तामाङ समूदायको संस्कृति, कला भाषाको प्रवद्र्धन र  शिक्षा, राजनीति, निजामती सेवा, उद्यमलगायत  हरेक दृष्टिले अगाडि बढाउन अझै धेरै योगदान दिन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङले  घेदुङको पहलमा तामाङ सांस्कृतिक भवनका लागि जग्गा खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा घेदुङले के गरिरहेको छ ? भनेर प्रश्न गर्ने युवा जमातलाई समूदायका लागि काम गर्न र योगदान दिन पनि तयार हुन आग्रह गर्नुभयो ।

घेदुङका उपाध्यक्ष पासाङ मोक्तानको समूहले डम्फु बजाएर साङसेरगेमका (प्रार्थना)का साथ विधिवत सुरु भएको  कार्यक्रममा घेदुङका सह अध्यक्ष सरोज मोक्तानले बागमति प्रदेश सरकारले  संस्कृति, भाषाको प्रवद्र्धन गर्ने संस्थाहरुका लागि विगतमा छुट्याएको बजेट कार्यान्वयन नभएको भन्दै विना विभागीय मन्त्री ज्ञानबहादुर तामाङको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ