alliance khabar

बिहिबार, कार्तिक १२, २०८३

मकवानपुर, कात्तिक १२ गते  । 

हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्यका लागि समझदारी भएको छ । चीनमा आयोजित एक कार्यक्रममा दुवै विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको बागमती विश्वविद्यालयले जनाएको छ । समझदारीपत्रमा बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपाध्यक्ष प्राडा देङ जुजीले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार विद्यार्थी आदानप्रदान, प्राध्यापकको क्षमता अभिवृद्धि, संयुक्त अनुसन्धान तथा दोहोरो उपाधि (डुअल डिग्री) कार्यव्रmम सञ्चालनको सम्भावनालगायतका क्षेत्रमा सहकार्य गरिने बताइएको छ । यसबाट दुवै विश्वविद्यालयबिच शैक्षिक सम्बन्ध विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान र अनुसन्धान गतिविधिलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीको अनुभव आदानप्रदान र क्षमता अभिवृद्धिमा सहयोग पु-याउनु समझदारीको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले समझदारीले विद्यार्थी तथा प्राध्यापकको ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न तथा संयुक्त अनुसन्धानका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो ।

हस्ताक्षर कार्यक्रममा बागमती विश्वविद्यालयको अन्तर्राष्ट्रिय तथा जनसम्पर्क केन्द्रका निर्देशक डा. ताराप्रसाद बन्जाडे र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको अन्तर्राष्ट्रिय सहयोग तथा आदानप्रदान कार्यालयका निर्देशक प्रा. यु जेनको उपस्थिति थियो ।

बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच भएको शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिँदै ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ