काठमाडौँ, कात्तिक १२ गते ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपियाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपियाँ र चाँदी तीन हजार ९८० रुपियाँमा कारोबार भएको थियो ।
